अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको पूर्ण बैठक सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको पूर्ण बैठक सम्पन्न


काठमाडाैं-राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न भएकाे छ।

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको चार महिने अभियान अन्तर्गत मिसन नेक्सट जेनेरेसन, टार्गेट न्यु जेनेरेसन भन्ने नाराका साथ काठमाडौं महानगर कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न भएकाे हाे।

बैठक महानगर कमिटीका अध्यक्ष दिपेश सुधाकरको अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिव तथा महानगर उत्प्रेरक खेम राज शर्माको प्रमुख आतिथ्यतामा पुतलीसडकस्थित पार्टी कार्यालयमा बसेकाे हाे।

बैठकमा राष्ट्रिय युवा संघ नेपाल सचिवालय सदस्य साइबर सर्कल प्रमुख अजित लामा, काठमाडौ जिल्ला कमिटी अध्यक्ष सन्तोष अर्याल, प्रदेश कमिटी सदस्यहरु, जिल्ला पदाधिकारीहरु, जिल्ला कमिटी सदस्यहरु र महानगर कमिटी सदस्य हरुको उपस्थिति रहेकाे थियाे।

बैठकमा महानगर कमिटीका अध्यक्ष दिपेश सुधाकरले आउने २०८४काे निर्वाचनमा राष्ट्रिय युवा संघले वडा, नगर, प्रदेश र संघमा जनताको मन जित्ने गरी लागिपर्ने बताउनुभयाे । उहाँले एमालेको भारी बहुमत पुर्याउन युवा संघले साथ दिने बताउनुभयाे।

बैठकले काठमाडाैं महानगरका ३२ वटै वडामा युवा संघ नेपालका वडा कमिटिहरू आउँदाे भदाै १५ गते सम्म पुन: गठन गरी ब्यापकरूपमा युवाहरूकाे सहभागिता गराइ राष्ट्रिय युवा संघ नेपालकाे नयाँ सदस्यता बितरण गर्ने पनि निर्णय गरेकाे उहाँले बताउनुभयाे ।