अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुष्पलालको जन्मथलोबाट रास्वापालाई एमाले महासचिव पोखरेलका प्रश्नै प्रश्न

पुष्पलालको जन्मथलोबाट रास्वापालाई एमाले महासचिव पोखरेलका प्रश्नै प्रश्न


रामेछाप-नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिक सिद्धान्त के हो र गन्तव्य के हो स्पष्ट नभएकाे बताउनु भएकाे छ ।

पुष्पलालको ४५ स्मृति दिवसको अवसरमा पुष्पलालको जन्मथलो भँगेरीमा एमाले रामेछाप जिल्लाको समन्वयमा केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा संक्षिप्त सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

उहाँले भन्नुभयो, ‘स्वतन्त्र पार्टी भनेको के हो ? सिद्धान्त के हो ? गन्तव्य के हो ? भविष्य कै हो ? जनताले जे चाहन्छन् त्यही रे ! त्यस्तो हुन्छ ? राजनीति पार्टी भनेको समाजको ऐना मात्र होइन भविष्य देखाउने मार्गदर्शक पनि हो। त्यसैले हाह‍ोमा नलागौं देश बनाउने र भिजनरी पार्टी एमालेमा सबैलाई गोलवद्ध गराउन सबै लागौं । विकल्प भन्दै ७ वर्ष अघि नयाँ शक्ति पार्टी जन्मियो तर अहिले त्यो कहाँ छ ? त्यसैले नयाँ भन्ने भ्रममा कसैलाई नपर्न आग्ह गर्दुछु।’