अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीले गर्नुभयो कम्बोडियाको आम निर्वाचनको पर्यवेक्षण

एमाले अध्यक्ष ओलीले गर्नुभयो कम्बोडियाको आम निर्वाचनको पर्यवेक्षण


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको सातौँ राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनको पर्यवेक्षण गर्नु भएको छ।

आज भएको निर्वाचनअन्तर्गत अध्यक्ष ओली नेतृत्वको पर्यवेक्षक टोलीले त्यहाँको टोल कोर्क प्रावि, हुन सेन पिक रेसे प्रावि र क्रोपर हा प्रावि मतदान केन्द्रको पर्यवेक्षण गरेको हो।

ती मतदान केन्द्रमा शान्तिपूर्ण तवरबाट मतदान सम्पन्न भएकाे छ। पर्यवेक्षणको क्रममा अध्यक्ष ओलीले स्थानीय मिडियाहरू र अल जजिरा टिभीसँग संक्षिप्त कुराकानी गर्नु भयो ।

यस्तै, उहाँले आज श्रीलङ्काका पूर्वराष्ट्रपति तथा वर्तमान संसद सदस्य मैत्रीपाला सिरिसेनासँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभयो । उहाँले आजै शान्तिका लागि अन्तर्राट्रिय उच्च परिषदले आयोजना गरेको रात्री भोजमा पनि सहभागिता जनाउनु भयो ।

निर्वाचन पर्यवेक्षणमा नेपाली डेलिगेशनका रूपमा एमालेका उपमहासचिव विष्णु रिमाल, विदेश विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य डा. राजन भट्टराई, संविधान सभा सदस्य मिलन राजवंशी, नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला, एमाले वागमती प्रदेश कमिटीका सदस्य राजेश बज्राचार्य, पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य एकनाथ ढकाललगायत सहभागी थिए। डा. भट्टराई र नेपाली काँग्रेसकी नेत्री सुजाता कोइराला आइक्यापको कार्यक्रममा सहभागी हुन कम्बोडिया पुग्नु भएको हो ।

कम्बोडियाको यो आम निर्वाचनमार्फत कुल ९७ लाख १० हजार ६६५ मतदाताहरूबाट १२५ जना विधायक निर्वाचित गर्ने छन् । त्यसका लागि देशभर २३ हजार ७८९ मतदान केन्द्रहरूमार्फत आज मतदान सम्पन्न भएको हो ।

यो निर्वाचनमा विभिन्न समूहमा कुल ३३४ जना विदेशी पर्यवेक्षक बिहानैदेखि पर्यवेक्षणमा सक्रिय रहेका थिए। सोही अनुसार नेपालका पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन वटा मतदान केन्द्रको पर्यवेक्षण गरेका हुन् ।

उहाँले पर्यवेक्षण गरेको तीन मध्ये टोल कोर्क प्रावि मतदान केन्द्रबाट ९२ वर्षीय नागरिकले मतदान गरेका छन् ।