अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कम्बोडियामा आम निर्वाचनको पर्यवेक्षण सकेर अध्यक्ष ओली आज राती १० बजे स्वदेश फर्कदै

कम्बोडियामा आम निर्वाचनको पर्यवेक्षण सकेर अध्यक्ष ओली आज राती १० बजे स्वदेश फर्कदै


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडियाको ६ दिने भ्रमण पुरा गरेर आज स्वदेश फर्कदै हुनुहुन्छ । अध्यक्ष ओलीको सचिवालयले जनाए अनुसार हिजो कम्बोडियामा भएको आम चुनावको पर्यवेक्षण गरेर आज राती १० बजे स्वदेश फर्कने कार्यक्रम छ । अध्यक्ष ओली अस्ती साउन २ गते कम्बोडिया प्रस्थन गर्नु भएको थियो ।
हिजो २३ जुलाईमा कम्बोडियामा भएको आम निर्वाचनको पर्यवेक्षण गर्नुभएको थियो । अध्यक्ष ओलीले नेतृत्व गरेको टोलीले टौल कोर्क प्राथमिक विद्यालय मतदान केन्द्रको निरीक्षण गरेको थियो । त्यहाँ एकजना ९२ वर्षीय मतदाताले समेत मतदान गरेका थिए । अध्यक्ष ओलीले तीनवटा मतादान केन्द्रको पर्यवेक्षण गर्नुभएको थियो ।
निर्वाचन पर्यवेक्षणकै लागि कम्बोडिया आएका श्रीलंकाका पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग भेटवार्ता गर्नुभएको थियो ।
अध्यक्ष ओलीसँग पत्नी राधिका शाक्य,एमाले उपमहासचिव विष्णु रिमाल,स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराई,स्वकीय सचिव राजेश बज्रचार्य लगायत सहभागी हुनुहुन्छ ।