काठमाडौँ-नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँ घटेको हो ।
आज छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा ५ रुपैयाँले घटेर १ हजार ४६० मा कारोबार भइरहेको छ ।





प्रतिक्रिया