अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीमा परिणाम देखिने गरी काम गरौँ: गोकर्ण विष्ट

पार्टीमा परिणाम देखिने गरी काम गरौँ: गोकर्ण विष्ट


कास्की-नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी संगठनको काम गर्दा परिणाम आउने गरी गर्नुपर्ने बताउनुभएको छ। 

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने  प्रदेश सचिवालय सदस्य तथा सदस्यसँग सोमबार आयोजना गरेको अन्तरक्रिया बैठक बोल्दै विष्टले उपलब्धि र परिणाम नआउने गरी गरिने कामको कुनै अर्थ नभएको विष्टले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘जिन्दगी गएको छ, परिणाम देखिँदैन, परिणाम हामीले कति कार्यकर्ता उत्पादन गर्याैँ, ती कार्यकर्तालाई हाम्रो पार्टीको सिद्धान्त, विचार, राजनीति कति बुझायौँ, त्यसको परिणाम निर्वाचनमा प्रतिबिम्ब हुनु पर्दथ्यो, त्यो कुन प्रकारले प्रतिबिम्बित भयो, परिणाम आयो कि आएन।’

एमाले गण्डकी प्रदेश कमिटी इन्चार्ज समेत रहनुभएका विष्टले नयाँ चुनौती र जिम्मेवारीलाई सामना गर्न यथार्थमा मैदानमा उत्रनु पर्ने बताउनुभयो। एमाले सरकारका पालामा भएका काम र अहिले एमाले नेतृत्वको स्थानी तहका जनप्रतिनिधिले गरेका कामको प्रभावकारी प्रचार  गर्न जरुरी रहेको बताउनुभयो। पार्टीमा सबै नेता कार्यकर्ताको अनुशासित र इमानदार व्यवहार  आवश्यक रहेको उहाँले बताउनुभयो। 

संगठनात्मक अराजकता र स्वेच्छाचारिताले पार्टी सबल हुन नसक्ने उहाँले बताउनुभयो। संगठनात्मक अराजकता आजको पार्टीमा चुनौतीको रूपमा देखिएको उहाँको भनाइ छ। लागि मात्रै पार्टी खोज्ने प्रवृत्ति मौलाउँदछे गएको बताउँदै विष्टले यो पार्टीका लागि घातक भएको बताउनुभयो।  

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले माओवादी र कांग्रेसले आफ्नो विचार र सिद्धान्त छाडि सकेका बताउनुभयो । नयाँ आएका पार्टीको कुनै विचार र सिद्धान्त नै नभएको उहाँले दाबी गर्नुभयो। 

एमाले विरुद्ध अहिले सबै शक्ति अनर्गल प्रचारमा लागेका उहाँले बताउनुभयो। यसलाई चिर्न एमाले नेता कार्यकर्ता प्रतिबद्ध भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो।