अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थिर सरकारबिना विकास सम्भव छैन: महेश बस्नेत

स्थिर सरकारबिना विकास सम्भव छैन: महेश बस्नेत


बागलुङ-नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले स्थिर सरकारबिना नेपालमा विकास सम्भव नभएको बताउनु भएको छ।

प्रेस चौतारी नेपाल बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले देशमा गिरिजाप्रसाद कोइराला र केपी शर्मा ओलीको सरकार मात्रै अहिलेसम्म लामो समय टिकेको स्मरण गर्दै स्थिर सरकार भएमा मात्रै विकास हुने बताउनु भएको हो।

नेता बस्नेतले अहिलेको सरकारले भ्रष्टाचारविरुद्धको अभियानमा एमालेको साथ रहे पनि असली भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने र बिनाप्रमाण कसैको नाम उल्लेख नगर्न आग्रह गर्नु भयो । ‘भ्रष्टाचारीहरू सबैलाई कानूनी दायरामा ल्याउन आवश्यक छ, अहिलेको सरकारले खुट्टा नकमाओस् भन्ने हो,’ नेता बस्नेतले भन्नुभयो, ‘विमानस्थलबाट १५५ केजी सुन बाहिर आउनु भनेको विमानस्थलको अवस्थाको विषयमा छर्लङ्ग हुनु हो।’

राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज समेत रहेका नेता बस्नेतले एमालेविरुद्धको चौतर्फी घेराबन्दी तोडेर मिसन २०८४ अभियान चलाइरहेको जानकारी दिनु भयो । एमालेविरुद्धका भ्रमहरू चिर्न युवा संघका नेताहरू गाउँ–गाउँमा पुगिरहेको जानकारी दिनु भयो ।

प्रधानमन्त्री प्रचण्ड अस्थिरताको नमूना रहेको जिकिर गर्दै नेता बस्नेतले जनतालाई भ्रम सृजना गर्नुबाहेक अहिलेको सरकारले त्यस्तो कुनै स्मरणयोग्य काम नगरेको जिकिर गर्नु भयो।