काठमाडौँ-काठमाडौँको सामाखुसी खोलामा आइतबार साँझ आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर अझै फेला परेका छैनन् ।
खोलाले बगाउँदा बेपत्ता भएका बालक मगरको खोजी कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोली खटिएको र अहिलेसम्म पनि फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो।
उहाँका अनुसार बालकको अहिले पनि खोजीकार्य जारी छ। काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक आइतबार साँझ फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

बालक यो पर्खालबाट खसेको हो





प्रतिक्रिया