अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिद्वारा ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग

नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिद्वारा ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग


काठमाडौँ-नेपाल मगर सघं, उदयपुर-काठमाडौं सम्पर्क समितिले ब्लड क्यान्सरबाट पीडित प्रदिप केप्छाकी मगरको उपचारका लागि आर्थिक सहयोग गरेको छ।

उदयपुर-काठमाडौं सम्पर्क समितिको अगुवाइमा रकम संकलन गरी ब्लड क्यान्सर पीडितलाई रु.१२ हजार पाँच सय रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

नेपाल मगर सघं, उदयपुर-काठमाडौं सम्पर्क समितिको अध्यक्ष केशरबहादुर मगर र समितिका सल्लाहकार तथा नेपाल वैदेशिक रोजगार मगर व्यवसायी समाजका उपाध्यक्ष मेघबहादुर मगरसहितको टोलीले काठमाडौंको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर उहाँकी श्रीमतीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको थियो। सहयोग हस्तन्तरण गर्न उदयपुर-काठमाडौं सम्पर्क समितिको उपाध्यक्ष अनु मगर, सूचना तथा सञ्चार विभागको संयोजक खड्गबहादुर मगर, कोषाध्यक्ष रोज मगर, सह-कोषाध्यक्ष सविन मगर, सचिवालय सदस्य प्रेम मगर, स्वास्थ्य विभागको संयोजक सन्दिप मगर र सदस्य अनिस मगर लगायत सहभागी हुनुहुन्थ्यो।

उदयपुरगढी गाउँपालिका वडा नम्बर-५ केउरेनी निवासी २९ वर्षीय प्रदिप केप्छाकी मगरले नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गराइरहनु भएको छ। उहाँकी श्रीमतीका अनुसार प्रदिप मगरलाई एक महीना अघि ब्लड क्यान्सर पुष्टि भएको थियो। सुरुमा धरानको धरान घोपाक्याम्प बीपी मेमोरियल हस्पिटलमा उहाँको उपचार गरिएको थियो। त्यसपछि सिभिल अस्पतालमा रेफर गरिएको थियो । तर, चिकित्सकले घोपाक्याम्प बीपी मेमोरियलमा उपचार नहुने भन्दै थप उपचारका लागि काठमाडौंको सिभिल अस्पतालमा लैजान रेफर गरेपछि आफूहरु समस्यामा परेको उहाँकी श्रीमतिले बताउनु भयो। उहाँले भन्नुभयो, ‘अहिलेसम्म ४ लाख रुपैयाँ खर्च भइसक्यो। एक पटक किमो चढाउँदा तीन लाख लाग्दो रहेछ। डाक्टरले ६ पटक किमो चढाउनुपर्छ भन्नु भएको छ। किमो चढाउदा पनि भएन भने ब्लड तासफर गर्नु भनेको छ। थप उपचारको लागि कम्तिमा ५० देखि ६० लाखभन्दा बढी खर्च हुन्छ भनेको छ। यत्रो रकम कहाँबाट जुटाउनु? अहिलेसम्म आफन्त, साथीभाइ र महानुभावहरुले सहयोगले श्रीमानको उपचार गराइ रहेको छु।’

श्रीमानलाई ब्लड क्यान्सर भएपछि तीन छोरी र एक छोरोको बिहाल भएको उहाँकी श्रीमतीले बताउनु भयो। उहाँले भन्नुभयो, ‘श्रीमानको यस्तो अवस्था छ भने छोराछोरीलाई हेरचाह गर्ने कोही छैन। यतिवेला धरानमा डेंगो रोगको कारण छोराछोरी पनि विरामी छन्। हाम्रो घरजग्गा केही छैन, घरभाडामा बस्छौं। घरबेटीको घरभाडा समेत तिर्न सकेको छैन। घरभाडाको लागि ताकेता गरेको छ। भगवान मलाई अलिकति मात्र मुस्कुराउने आशा जगाई दे, रुन त मैले जन्मिने वितिकै सिकेको छु।’

श्रीमान प्रदिप मगरको थप उपचारका निम्ति आर्थिक सहयोगको अपिल उहाँकी श्रीमतीले गर्नु भएको छ।  ब्लड क्यान्सरबाट पीडित मगरलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको उहाँले बताउनु भयो।

उपचार खर्चमा सहयोग गर्न इच्छुकले ब्लड क्यान्सर पीडितका श्रीमतीको मोबाइल नं. ९७६५४७१५२० मा सम्पर्क गर्न वा बिरामी प्रदिप केप्छाकी मगरको नविल बैंक खाता नं.  १०५१००१७५०२०७० मा रकम जम्मा गर्न सक्नुहुने छ।