अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली स्वदेश फिर्ता, पार्टी नेताद्वारा विमानस्थलमा स्वागत

एमाले अध्यक्ष ओली स्वदेश फिर्ता, पार्टी नेताद्वारा विमानस्थलमा स्वागत


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वदेश फिर्ता हुनुभएको छ । कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि साउन २ गते कम्बोडिया जानुभएका अध्यक्ष ओली हिजो राति स्वदेश फर्किनुभएको हो ।  

अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्यहरू कम्बोडिया जानुभएको थियो ।  

कम्बोडियाको कार्यक्रम सकेर स्वदेश फर्किँदा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।