काठमाडौँ-नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ ।
भारी वर्षाले विनयीलगायत स–साना खोलाहरूको बहाव बढेको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतरा तह पार गरेको छ । जल सतह अझै बढ्दो क्रममा रहेको बताइएको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानकालाई दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा बस्न महाशाखाले आग्रह गरेको छ ।
नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासको स्थानमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भएर बहने स–साना नदी तथा खोलामा बाढी आएको छ । तिनाउ नदीका सहायक, पश्चिम राप्ती नदीका सहायक नदीहरूमा आकस्मिक बहाव भएकाले जोखिमबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।






प्रतिक्रिया