अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिलालाई होच्याउने शब्द पुस्तकमा प्रयोग गर्ने  दासलाई कारबाही गर्न माग

महिलालाई होच्याउने शब्द पुस्तकमा प्रयोग गर्ने  दासलाई कारबाही गर्न माग


सुर्खेत-कर्णालीका राजनीतिक दल सम्बद्ध महिला संगठन तथा अभियान्ताहरुले सरकारका अधिकृत राम एकवाल दासलाई कारबाही गर्न माग गरेका छन् । उनीहरुले हिजो जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत दासलाई कारबाहीको माग गरेका हुन् ।

दासले विद्या विकास पब्लिकेशनबाट प्रकाशन गरेको नेपाल वन सेवा दिग्दर्शन गमस्काउट, वनरक्षक सफलताको साथी पुस्तकमा महिलाहरूको अपमान हुने प्रश्न राखिएको भन्दै उनलाई कारबाहीको माग गरिएको छ ।

अनेम संघ कर्णालीकी अध्यक्ष पद्मा खड्काले दासले महिलाहरूको चरित्र हत्या मात्र नभई अस्मिताको समेत खिल्ली उडाएकोले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ध्यानाकर्षण पत्र बुझाइएको बताउनुभयो ।

अखिल नेपाल महिला संघ कर्णाली, अन्तरपार्टी महिला सञ्जाल सुर्खेत, नेपाल महिला संघ, अखिल नेपाल महिला संघ सुर्खेत, बाल विवाहविरुद्ध साझा अभियान सञ्जाल कर्णाली प्रदेश, सञ्चारिका समूह कर्णाली प्रदेश, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशलगायतले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।