काठमाडौँ-आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला २०० रुपैयाँले मूल्यवृद्धि भएको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।
आज चाँदीको मूल्य भने घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ ।





प्रतिक्रिया