पाँचथर-पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ।
मंगलबार दिउँसाे फिदिम नगरपालिका-२ कृष्ण मन्दिर नजिक मेची राजमार्गमा झापाबाट पाँचथरतर्फ आउँदै गरेको मे १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन्।
मृतककाे सनाखत भएकाे छैन। दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ। उनीहरूमध्ये तीन जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ।





प्रतिक्रिया