अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रीको शपथ लिन गएका सांसदलाई नागरिक उन्मुक्तिले फिर्ता बोलायो

मन्त्रीको शपथ लिन गएका सांसदलाई नागरिक उन्मुक्तिले फिर्ता बोलायो


धनगढी-सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने तय भएलगत्तै आज मन्त्रीको सपथ लिन गएका दुईजना सांसदलाई नागरिक उन्मुक्ति पार्टीले अन्तिम समयमा फिर्ता बोलाएको छ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको शपथको लागि पुगेका रामेश्वर चौधरी र राज्यमन्त्रीको शपथको लागि पुगेका कैलाश चौधरीलाई नाउपाले अन्तिममा फिर्ता बोलाएको हो।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले अन्तिममा पार्टीभित्र विवाद भएको भन्दै उहाँहरूलाई फिर्ता बोलाउनु भएको छ ।

उहाँले मुख्यमन्त्रीलाई पत्र लेख्दै मन्त्रालयमा भागबण्डा नमिलेकाले सरकारका सहभागी हुन नसक्ने भन्दै पत्रसमेत पठाउनु भएको छ । जसले गर्दा उन्मुक्तिको पत्रले सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तारको कार्यमा पुनः अन्योल सिर्जना भएको छ। यसअघि जेठमा नै गठबन्धनको भागबण्डामा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय उन्मुक्तिको भागमा परेको थियो। त्यस बेला पनि उन्मुक्ति सरकारमा सामेल भएको थिएन। नागरिक उन्मुक्तिले दुई पूर्ण र राज्यमन्त्रीमा दाबी गर्दै आएको छ।

दुई पूर्ण मन्त्रालयका लागि उन्मुक्तिले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई अघि सारेको थियो। पार्टी भित्रको विवादपछि अहिलेका लागि शपथ ग्रहण रोकिएको हो