अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बोलायो संसदीय दलको बैठक, गृह र अर्थमन्त्रीको राजीनामाबारे छलफल हुने 

एमालेले बोलायो संसदीय दलको बैठक, गृह र अर्थमन्त्रीको राजीनामाबारे छलफल हुने 


काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । एमालेले दलको बैठक मध्याह्न १२ बजे बस्ने गरी बोलाएको हो । 

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरणको राजीनामाको विषयमा छलफल गर्न बैठक बोलाएको बताउनुभयो । सुन तस्करीमा गृह र अर्थमन्त्रीको संलग्नता बिना कर्मचारीले पास गर्न नसक्ने भन्दै उहाँले राजीनामाका बारेमा बैठकमा छलफल हुने बताउनुभयो । 

आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमालेले  १०० किलो सुन प्रकरणबारे कुरा उठाउने तयारी गरेको छ ।