अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतले विस्फोटक पदार्थको निर्यातमा रोक लगाउनु खेदजनक : महासचिव पोखरेल  

भारतले विस्फोटक पदार्थको निर्यातमा रोक लगाउनु खेदजनक : महासचिव पोखरेल  


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले  भारत सरकारले विस्फोटक पदार्थको निर्यातमा रोक लगाउनु खेदजनक भएको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले सबै प्रक्रिया पुरागरी चीनबाट ल्याउन लागिएको विस्फोटक पदार्थ भारतीय पक्षको दबाबमा रोकिनु खेदजनक रहेको बताउनुभएको हो । 

‘पहाडी भूभागमा निर्माण गरिने सडक, सिचाई र जलविद्युत आयोजनाका लागि विस्फोटक पदार्थ नभई हुँदैन । भारत सरकारले विस्फोटक पदार्थको निर्यातमा रोक लगाएको अवस्थामा सबै प्रक्रिया पुरागरी चीनबाट ल्याउन लागिएको विस्फोटक पदार्थ भारतीय पक्षको दबाबमा रोकिएको समाचार आउनु खेदजनक विषय हो’, उहाँले लेख्नुभएको छ,’हलो अड्काउने गोरु पड्काउने छिमेकीको रवैयाका विरुद्धमा दह्रो अडान लिनुपर्ने सरकारले आफैले दिएको अनुमतिलाई समेत वेवास्तागरी भन्सार नाकामा आइपुगेको विस्फोटक पदार्थ ल्याउन नदिनु अत्यन्त दुःखद पक्ष हो ।’

महासचिव पोखरेलले राष्ट्रिय हित र सरोकारको विषयमा सरकार यति हदसम्म निर्लज्ज र लाचार हुन नमिल्ने उहाँले बताउनुभयो ।