अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ताधारी दलले देश लुटिरहेका छन्: अध्यक्ष ओली

सत्ताधारी दलले देश लुटिरहेका छन्: अध्यक्ष ओली

नांगो नाच देखाइरहेका छन् अब एमाले चुप लागेर बस्दैन


काठमाडौं-नेकपा एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सत्ताधारी दलले देश लुटिरहेको आरोप लगाउनु भएको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो ।

सत्तारुढ दलले नांगो नाच देखाइरहेकाले एमाले चुप लागेर बस्न नहुने समेत अध्यक्ष ओलीले बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘सत्ताधारी दलले देश लुटिरहेका छन्, नांगो नाच देखाइरहेका छन्। अब हामी चुप लागेर बस्नु हुँदैन। एमालेले सुन तस्करीसहितको विषयमा संसद्मा उठाउने विषयमा छलफल गर्न संसदीय दलको बैठक बसेको हो ।’