अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन तस्करीबारे जवाफ माग्दै रास्वपाले संसद्‍मा दर्ता गरायो प्रस्ताव

सुन तस्करीबारे जवाफ माग्दै रास्वपाले संसद्‍मा दर्ता गरायो प्रस्ताव


काठमाडौं-प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करी प्रकरणलाई लिएर संघीय संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ।

रास्वपा सांसद डीपी अर्यालसहितले बुधबार दिउँसो संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्। 

उक्त प्रस्तावमा रास्वपा सभापति रवि लामिछानेले पनि हस्ताक्षर गर्नु भएको छ।

रास्वपाको प्रस्तावमा सुनकाण्डलाई लिएर सरकार जवाफदेही हुनुपर्ने र संसद्‍लाई चित्त बुझ्दो जवाफ दिनुपर्ने माग पनि गरिएको छ।

रास्वपा उपसभापति अर्यालले यो प्रकरणमा सरकारलाई जिम्मेवारी बनोस् भन्ने दबाबका लागि यो प्रस्ताव दर्ता गराइएको बताएका छन्।