अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने एमालेको निर्णय

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने एमालेको निर्णय


काठमाडौँ-नेकपा (एमाले)ले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने निर्णय गरेको छ।

बुधबार नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न नदिने निर्णय गरेको हो।

संसदीय दलको निर्णय सुनाउँदै प्रमुख सचेतक पदम गिरीले भन्नभयो, ‘गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने निर्णय भएको छ। सय किलो सुन प्रकरणमा उच्चस्तरीय सेटिङ भएको भन्दै एमालेले राजस्वलाई आउने सूचना सरकार र गृहमन्त्रीलाई थिएन ? यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौं।’