अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन प्रकरणबारे संसद्मा जोडदार आवाज उठाउनेछौँ: रघुजी पन्त

सुन प्रकरणबारे संसद्मा जोडदार आवाज उठाउनेछौँ: रघुजी पन्त


काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले करिव एक क्वीन्टल सुन प्रकरणमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्ने भएको छ।

बुधवार संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले सो घटनाको गम्भिरतापूर्वक छानबिन गरी मुख्य दोषीलाई कारबाही गर्न संसदमा सरकारसँग माग गर्ने निर्णय गरेको हो। सुन प्रकरणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न संसदमा जोडदार माग गर्ने निर्णय गरिएको एमालेका सांसद रघुजी पन्तले जानकारी दिनुभयो। बैठकमा नेताहरुले सरकारले कुरा ठूला गरेको तर सो प्रकरणको छानबिनलाई गम्भीरतापूर्वक नलिएको बताएका थिए।

सांसद पन्तले भन्नुभयो, ‘हाम्रो ध्यान चाहिं यो जुन प्रकारको सुन पक्राउ परेको छ। र, पटकपटक त्यही कम्पनीको नाममा आएको कुरा बाहिर आएको छ। त्यसको गम्भीरतापूर्वक छानबिन हुनुपर्छ। त्यसको गहिर्‍याईसम्म पुगेर त्यसको भरियालाई होइन, त्यसको जरोसम्म पुगेर सुन ल्याउने मुख्य मान्छे को हो ? त्यसलाई पक्राउ गरेर जो सामेल त्यसलाई कारबाही गर्नुपर्छ। त्यसको लागि हामी जोडदार आवाज उठाउँछौं । काम चाहीं यत्रो दिन भएको त्यो कम्पनीको मालिकलाई पक्राउ गर्न सकेको छैन सरकारले । अनि मन्त्रीहरु चाहीं ठूल्ठूला कुरा गर्दै हिँड्ने । त्यो चाहीं भएन। दोषी चाहीं पत्ता लाग्नुपर्‍यो। दोषी जो हो, त्यसलाई जनतासमक्ष ल्याउनुपर्‍यो। र, कानुनी कारबाही गर्नुप¥यो । त्यसका लागि हामीले जोडदार कुरा उठाउँछौं ।’

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको करिव एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो।