अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन भित्र्याउने नाइकेलाई संरक्षण गरियो: रवि लामिछाने

सुन भित्र्याउने नाइकेलाई संरक्षण गरियो: रवि लामिछाने


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीका नाइकेलाई सरकारले संरक्षण गरेको आरोप लगाउनु भएको छ।

बुधबार संसद बैठकमा बोल्दै सांसद लामिछानेले सरकारले ट्याक्सी ड्राइभर र सुन बोक्ने भरियालाई समातेर मालिकको संरक्षण गरेको आरोप लगाउनु भएको हो।

उहाँले सरकारले विभिन्न भ्रष्टाचारका प्रकरणमा अलि अलि गर्न खोजेजस्तो गर्ने तर जरासम्म नपुग्ने गरेको बताउनु भयो।

उहाँले सुन तस्करी प्रकरणबारे रास्वपाले संसदमा संकल्प प्रस्ताव पेश गरेको जानकारी दिँदै त्यसमाथि छलफल गराउन सभामुखसँग आग्रह गर्नुभयो ।