अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न एमालेको माग

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न एमालेको माग


काठमाडौँ-नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरेको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रकरणको जरोसम्म छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन नहुन्जेल संसद् चल्न नदिने बताउनु भयो।

‘गृहमन्त्री, प्रधानमन्त्री र अर्थमन्त्रीहरूको सेटिङबिना यस्तो सम्भव छैन,’ गिरीले भन्नुभयो, ‘यसपटकमा जरासम्म गएर छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्छ। त्यसलाई सभामुखले रुलिङ गर्नुपर्छ। उच्चस्तरीय छानबिन समिति गठन नहुन्जेल संसद् चल्न सक्दैन ।’

उहाँले पटक-पटक गरी चैत १० गते कम्पनी दर्ता गरेयता ३३ पटक सुन ल्याएको देखिएको भन्दै यस्तो काण्ड हुँदा पनि थाहा नपाउने गृहमन्त्रीले पदमा बस्ने नौतिक आधार नभएको बताउनु भयो ।

उहाँले सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र उहाँको छोराको संलग्नताबारे पनि बोलेका थिए ।