अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भरिया समातेर सुन तस्करीको नाइकेलाई उम्काउन खोजियो: राजेन्द्र लिङ्देन

भरिया समातेर सुन तस्करीको नाइकेलाई उम्काउन खोजियो: राजेन्द्र लिङ्देन


काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आराेप लगाउनु भएको छ।

बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले सुन तस्करीका विषयमा अहिले भइरहेको अनुसन्धान झारा टार्ने किसिमको मात्र भएको बताउनु भयो।

‘भरिया पक्रेर सुन तस्करीका नाइके संरक्षण गर्ने, हामीले यति काम त गर्‍यौं नि भन्ने काम नहोस्’ उहाँले भन्नयभो, ‘अहिले जुन ढंगले अनुसन्धान प्रक्रियाका नाममा झारा टार्ने काम भएको छ, यसरी हुँदैन, विशेष आयोग, छानबिन आयोग बनाएर अनुसन्धान अघि बढाइयोस् भन्न चाहन्छु।’

नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको भन्दै उहाँले अहिले पनि सरकारले थाहा पाएर सुन तस्करीमा संलग्नहरु पक्राउ नपरेको लिङ्देनले बताउनु भयो । उहाँले भन्नभयो, ‘अरु देशले सूचना दिएपछि पक्राउ गरेको हो । बाह्य दबाब र सूचनाका आधारमा कसैलाई देखाउनका लागि मात्र सुन पक्राउ गरेको हो ।’

विमानस्थल भन्सारबाट १०० किलो सुन प्रवेश गराइनु सामान्य विषय नभएको भन्दै लिङ्देनले समाजलाई ठीक दिशामा ल्याउन यो घटनाको अनुसन्धान जरासम्म पुर्‍याउनुपर्ने बताउनु भयो ।