अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्धिको अभियान बोक्ने पार्टी एमाले हो: प्रदीप ज्ञवाली

समृद्धिको अभियान बोक्ने पार्टी एमाले हो: प्रदीप ज्ञवाली


गण्डकी-नेकपा एमालेका उपमहासचिव एवं पूर्व मन्त्री प्रदीप ज्ञवालीले पार्टी खुल्दैमा नयाँ नहुने बताउनु भएको छ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्लेमा आयोजना गरेको गण्डकी स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनु भएको हो।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘पार्टी खुल्दैनमा नयाँ हुँदैन। नवीनतम् विचार र सिद्धान्तले पार्टी नयाँ हुनु पर्दछ।’

समृद्धिको अभियान बोक्ने पार्टी बनाउन र एमालेको विचारलाई जनतासम्म पुर्यारउन प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उपमहासचिव ज्ञवालीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘समृद्धिको अभियान बोक्ने पार्टी एमाले हो ।’