अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित


काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि आगामी साउन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ। 

आज बसेको बैठकमा सांसदहरूले आ–आफ्नो धारणा राखेपछि एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरुद्ध गरेको हो । 

सदनमा अवरोध भएपछि बैठकको अध्यक्षता गरिरहनु भएका सभामुख देवराज घिमिरेले अर्को बैठक साउन १५ गते दिन १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिनुभयो ।