अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जलहरीको चर्चा चलाएर सत्तापक्षले एयरपोर्टबाट सुन तस्करी गरिरहेको पुष्टि भयो: ठाकुर गैरे

जलहरीको चर्चा चलाएर सत्तापक्षले एयरपोर्टबाट सुन तस्करी गरिरहेको पुष्टि भयो: ठाकुर गैरे


काठमाडौं-नेकपा एमालेका सांसद ठाकुर गैरेले पशुपतिको जलहरीमा पित्तलको चर्चा चलाएर सरकारले एयरपोर्टबाट सुन तस्करी गरेको आरोप लगाउनु भएको छ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै एमाले सांसद गैरेले सत्तापक्षका सांसदले पित्तलको भनेर दाबी गरेको जलहरी सुन प्रमाणित भएपछि यही मौकामा एयरपोर्टबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सत्तापक्षका सांसदले जलहरी पित्तलको हो भनेर दाबी गरेको थियो । तर सुनकै हो भन्ने पुष्टि पनि भइसकेको छ। यता सदनमा जलहरीको चर्चा चलाएर सत्तापक्षले एयरपोर्टबाट सुन तस्करी गरिरहेको रहेछ भन्ने पुष्टि भइरहेको छ। ३२ पटकसम्म सुन तस्करी गरेर ३३ औं पटकमा समातिएको छ, यो सरकारले सेटिङमा गरेको तस्करी हो।’

गैरेले उच्चस्तरीय छानबिन समिति नबनेसम्म सदनको कारबाही अघि बढ्न नसक्ने भन्दै सभामुखसँग रुलिङको माग गर्नु भयो।