अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश गठनविरुद्धको रिटमा आज पनि भएन आदेश

कोशी प्रदेश गठनविरुद्धको रिटमा आज पनि भएन आदेश


काठमाडौं-कोशी प्रदेश सरकारसम्बन्धी विवादको रिटमाथिको सुनुवाई बुधबार सकिएको छ। तर आदेश भने आएन। रिट हेर्दाहेर्दैमा रहेको छ।

रिटउपर सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मंगलबारदेखि सुनुवाई भएको छ । रिटमाथिको बहस सकिएकाले भोलि आदेश आउने सम्भावना छ। 

गत २१ असारमा कांग्रेस सांसद उद्धव थापा सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्ति गरेको विषय संविधानविपरीत भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।

यसअघि सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मुख्यमन्त्रि नियुक्ति गर्दाका सक्कलै फाइल झिकाएको थियो ।