काठमाडौँ-नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रुपैयाँ ९० पैसा र बिक्री दर १३१ रुपैयाँ ५० पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०६ पैसा र बिक्री दर १४५ रुपैयाँ ७३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।





प्रतिक्रिया