अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा गठबन्धनको सरकार असंवैधानिक ठहर, यस्तो छ सर्वोच्चको फैसला (पूर्णपाठ)

कोशीमा गठबन्धनको सरकार असंवैधानिक ठहर, यस्तो छ सर्वोच्चको फैसला (पूर्णपाठ)


काठमाडौं-सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन गर्दा सभामुख बाबुराम गौतमको सहभागिता अवैधानिक ठहर गर्दै मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको छ। 

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार सो आदेश दिएको हो।

सभामुखको गौतमको हस्ताक्षरमा ४७ जनाको बहुमत देखाएर थापा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।

सर्वोच्चको यो आदेशपछि यसअघि नै कामचलाउ बनिसकेका उद्धव थापा पदमुक्त हुनु भएको छ।

सर्वोच्चको यो आदेशसँगै कोशी प्रदेशमा असार २१ गते कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा बनेको सरकार ढलेको छ।

हेर्नुस् पूर्णपाठः