अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बहुमत सदस्य दाबी गरेर सरकार गठनमा सहभागी हुँदैन: एमाले

बहुमत सदस्य दाबी गरेर सरकार गठनमा सहभागी हुँदैन: एमाले


विराटनगर-नेकपा एमालेले बहुमत सदस्यको हस्ताक्षर लिएर कोशी प्रदेश सरकार गठनको दाबी गर्न प्रदेश प्रमुख समक्ष नजाने बताएको छ।

न्यायाधीश ईश्वर प्रसाद खतिवडा,आनन्द मोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले उद्धव थापालाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति बदर गर्दै संविधानको धारा १६८(२) अन्तर्गत नै पुन सरकार गठनको आदेश दिएको छ।

एमालेले असार २२ गते सभामुख बाबुराम गौतमको हस्ताक्षर लिएर दाबी गर्न गएका उद्धव थापालाई प्रदेश प्रमुख परशुराम खापुङले गरेको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै १६८(३) अन्तरगत सरकार गठन हुनु पर्ने माग दाबीसहित सवोृच्चमा रिट हालेको थियो।

रिटको विषयमा फैसला भएपछि एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले १६८( २) अन्तरगत रहेर सरकार गठनको दाबी नगर्ने बताउनु भयो ।

उहाँले कोशी प्रदेश सभामा भएको दलहरूको सदस्य सङ्ख्याका आधारमा काङ्ग्रेस सहितको सत्तारुढ गठबन्धनको बहुमत नपुग्ने र धारा १६८(३) अन्तर्गत सरकार गठन हुने दाबी गर्नुभयो ।

सर्वोच्चले १६८(२) अन्तर्गत रहेर सरकार गठनका लागि ७ दिनको समय दिएको छ। सो समयमा सरकार गठन हुन नसक्ने भन्दै एमाले नेतृत्वको सरकार स्वतः बन्ने बताउनु भयो ।