अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नदीमा डुबेर बालक बेपत्ता

नदीमा डुबेर बालक बेपत्ता


डोटी–डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन् । उनीसँगै डुबेका चार वर्षीय मिलन साउदको स्थानीयले उद्धार  गरेका थिए । उद्धार गरिएका उनको डडेलधुरामा उपचार भइरहेको छ । 

बेपत्ता सुशान्तको खोजीका  लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन् । दुवैजना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ ।