अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष थेबेको तस्बिर दुरुपयोग गरी नकारात्मक पोस्ट गर्नेलाई कारबाही गर्न युवा संघको माग 

अध्यक्ष थेबेको तस्बिर दुरुपयोग गरी नकारात्मक पोस्ट गर्नेलाई कारबाही गर्न युवा संघको माग 


काठमाडौँ-राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेको तस्बिर दुरुपयोग गरी सामाजिक सञ्जालमा नकारात्मक पोस्ट गरेको प्रति युवा संघले आपत्ति जनाएको छ।

युवा संघ नेपालले एक विज्ञप्ति जारी गरी थेबेको तस्बिरसहित श्रद्धाञ्जली दिइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । यस्तो कार्य गर्नेलाई हदैसम्मको कारबाही गर्न युवा संघले आग्रह गरेको छ ।  

अध्यक्ष थेबेमाथि केही समयदेखि सामाजिक सञ्जालमार्फत श्रृंखलाबद्ध रूपमा प्रहार भइरहेको संघले जनाएको छ ।  

‘यस संगठनका नेतृत्वकर्तालाई नै श्रद्धाञ्जली दिइएको विषय आपत्तिजनक मात्रै छैन, यसले मानवीय संवेदनशीलताको परिधिलाई पार गरेको हाम्रो ठहर छ’, युवा संघका महासचिव सुमन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समाज र देशका लागि केही गर्ने हुटहुटीले युवा आन्दोलनमा होमिएको योद्धालाई प्रहार गर्नु मुलुकको भविष्यमाथि नै आक्रमण गर्नु सरह भएको युवा संघको ठहर छ ।