अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश : कामचलाउ मुख्यमन्त्रीको पुनः कार्यभार सम्हाल्ने एमालेका कार्कीको तयारी

कोशी प्रदेश : कामचलाउ मुख्यमन्त्रीको पुनः कार्यभार सम्हाल्ने एमालेका कार्कीको तयारी


मोरङ-कोशी प्रदेशको कामचलाउ मुख्यमन्त्रीको रूपमा नेकपा एमालेका हिक्मत कार्कीले आज पुनः कार्यभार सम्हाल्ने तयारी गर्नुभएको छ । सर्वोच्च अदालतले हिजो उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेपछि कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हाल्न कार्की काठमाडौँदेखि विराटनगर पुग्दै हुनुहुन्छ ।

सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुंङले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्नुभएको थियो । उक्त नियुक्तविरुद्ध कार्की सर्वोच्च अदालत जानुभएको थियो । सर्वोच्चको हिजोको फैसलाले थापाको नियुक्ति असंवैधानिक भन्दै नियुक्ति बदर गरेपछि अर्को सरकार गठन नभएसम्मका लागि कार्की काम चलाऊ सरकारको मुख्यमन्त्रीका रूपमा पुनर्बहाली हुनुभएको हो । 

कार्की आज ११ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जाने तयारी गर्नुभएको थियो । तर, मुख्यमन्त्री कार्यालयका कर्मचारी भने अन्योलमा देखिएका छन् । कार्कीलाई पदबहाली गर्ने कि थापालाई नै गराउने भन्नेबारे अन्यौलता सिर्जना भएको बताइएको छ । मुख्यमन्त्रीमा कसलाई नियुक्ति गर्नेबारे छलफल गर्न प्रमुख सचिव प्रदेश प्रमुख कहाँ जानुभएको बताइएको छ ।