काठमाडौ-मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन्।
काठमाडौं प्रहरी परिसरको टोलीले पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको बुझिएको छ। एक युवतीले बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि ५२ वर्षीय पोखरेललाई पक्राउ गरिएको हो ।
घरमा काम गर्ने किशोरीलाई पोखरेलले बलात्कार गरेको आरोप छ। किशोरीले कालीमाटी स्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिएन । त्रिुपरेश्वर स्थित ब्लुक्रस अस्पतालबाट पक्राउ गरेर इन्जिनियर पोखरेलमाथि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया