काठमाडौं-अधिवक्ता शीतल पाण्डे (भगवती)विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार उनीविरुद्ध परेको जाहेरीका आधारमा केही दिनअघि पक्राउ पुर्जी जारी भएको हो।
पाण्डेविरूद्ध चार दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरीको आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी कार्यालयले जनाएको छ ।
चारदिन अघि तामाङ र मगर समुदायका विभिन्न समूहहरूले अधिवक्ता पाण्डेविरूद्ध उजुरी दिएको प्रहरीले बताएको छ। जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी परेको छ।
पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसअघि एक टेलिभिजनमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताउनु भएको थियो।
प्रतिक्रिया