अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चको आदेशपछि कोशीमा नयाँ सरकार बनाउन आह्वान

सर्वोच्चको आदेशपछि कोशीमा नयाँ सरकार बनाउन आह्वान


काठमाडौं-कोशी प्रदेशका दुई वा दुईभन्दा धेरै दलको सहभागितमा नयाँ सरकार निर्माणका लागि फेरि आह्वान भएको छ।

सर्वोच्च अदालतको बिहीबारको आदेशअनुसार असार २१ मा मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति बदर भएसँगै प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकारका लागि आह्वान गर्नु भएको हो ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि मिति साउन गते मंगलबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले आह्वान गर्नुभएको छ’, प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले भनेका छन्। 

प्रदेश प्रमुखको कार्यालयले उद्धव थापा नेतृत्वको तत्कालीन सरकारबारे सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम ‘जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटी भएको हो, त्यही अवस्थाबाट संविधानसम्मत् तवरले प्रक्रिया अगाडि बढाउन मनासिब हुने देखिएको हुँदा यो निर्णय लिइएको जनाएको छ।