अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड कांग्रेसको कान समातेर काँधमा चढेर हिँडेका छन्: अध्यक्ष ओली

प्रचण्ड कांग्रेसको कान समातेर काँधमा चढेर हिँडेका छन्: अध्यक्ष ओली


भक्तपुर-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कान समातेर नेपाली कांग्रेसको काधँमा बसेको टिप्पणी गर्नु भएको छ।

आज (शुक्रबार) भक्तपुरमा आयोजित जनसंगठन समन्वय संयन्त्रको बैठकमा उहाँले कांग्रेसको दुर्गति यति चाँडै हुन्छ भन्ने नसोचेको बताउनु भयो । उहाँले कांग्रेस माओवादीको ढाकर बोकेर हिँडेको भन्दै व्यङग्य गर्नुभयो।

‘कांग्रेसको नसिबमा यति चाँडै यो दुर्गति । माओवादीको ढाकर बोक्या हेर त’, उहाँले भन्नुभयो, ‘अहिले कांग्रेसको दुईपट्टी टिलिक्क परेका जुत्ता लगाएका खुट्टा यतापट्टी झारेर प्रचण्ड कानमा समातेर हटहट गरेर हिंड्या छन्। कांग्रेस लुरुलुरु। कांग्रेसको भाग्यमा थियो। अब कठैबरा भन्न सकिन्छ ।’

उहाँले अहिलेको कांग्रेसले प्रचण्डलाई काँधमै हालेर लुरुलुरु हिँडेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘अहिले कांग्रेसको दुईपट्टी खुट्टा टिलिक्क परेका जुत्ता लगाएर प्रचण्ड कांग्रेसका कानमा समातेर हिँडेका छन् । कांग्रेस लुरुलुरु हिँडिरहेको छ। भाग्यमा थियो कांग्रेसको तर अब कठैबरा भन्न मात्रै सकिन्छ।’

अध्यक्ष ओलीले कांग्रेसले भ्रष्टाचारका विरुद्ध बोल्नै नसक्ने आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘मुसाले बरु चुइँक्क गर्ला तर कांग्रेस ज्यान गयो बोल्न सक्दैन । हेर्दा हेर्दै कांग्रेसको यो हालत भयो।’