अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका लागि एमालेले जित्नैपर्छ: अध्यक्ष ओली

देशका लागि एमालेले जित्नैपर्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालकाे माैलिक राष्ट्रिय धारकाे प्रतिनिधित्व एमालेले गरेकाे बताउनुभएकाे छ।

शुक्रबार भक्तपुरमा आयोजित पार्टीकाे जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले देशका लागि एमालेले हार्नै नमिल्ने बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘हामी सफल हुनुकाे अर्काे विकल्पै छैन, नेपालकाे माैलिक राष्ट्रिय धारकाे प्रतिनिधि हामी हाे भने हामीले हार्नै मिल्दैन, यस देशका लागि हार्न मिल्दैन, यस देशकाे अस्तित्व, स्वाभिमान, राष्ट्रिय हित, विकास, स्वच्छता, सामाजिक सद्‍भाव, राष्ट्रिय एकताका लागि एमालेले हार्नै मिल्दैन।’

नेपाल बनाउने अभिभारा पूरा गर्नका लागि एमाले बाहेक अरु काेही नभएकाे बताउनु भयो । उहाँले भन्नुभयाे, ‘त्यसकारण एमालेले हार्नै मिल्दैन, जित्नुपर्छ, एमालेले जित्छ।’ नेपालीहरु बहादुर हुन्छन् भन्ने कुरा नेपालकाे राष्ट्रिय विशेषता भएकाे भन्दै उहाँले त्याे विशेषता एमालेले बाेक्ने बताउनुभयाे ।

सरकारकाे नेतृत्व गर्दा एमालेले धेरै राम्रा काम गरेकाे भन्दै अध्यक्ष ओलीले संविधान बनाउने, नाकाबन्दी सामना गर्ने, विकासकाे लहर ल्याउने, राष्ट्रियताका लागि काम गर्ने धेरै काम एमालेले गरेकाे बताउनुभयाे ।

संविधान बनेपछि सरकारकाे नेतृत्व एमालेले गर्ने भन्ने सहमति भए पनि सुशील काेइरालाले ताेडेकाे उहाँले स्मरण गर्नुभयाे । स्वाभिमान जगाएर नाकाबन्दी सामना गरेकाे र नेपाली जनताका मुर्छ्याएका सपना ब्युझाएकाे अध्यक्ष ओलीले बताउनुभयाे । चुनाैतीहरुलाई पन्छाउँदै विजय हासिल गर्न एमाले तयार रहेकाे बताउनुभयाे । ‘हामी जेलमा हुँदा भन्थ्याे हामी जित्नेछाैं एकदिन, त्यसबेला हामीले जितेका थिएनाैं, अहिले हामी भन्न सक्छाैं हामी जित्नेछाैं फेरि, अहिले पटक-पटक हामीले जितेका छाैं, पटकपटक विराेधीलाई पछारेका छाैं, राष्ट्रिय शक्ति र स्वाभिमान उठाएका छाैं, सुशासनकाे लहर चलाएका छाैं, त्यसकारण हामीले फेरि जित्नेछाैं  ।’