अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनप्रतिनिधीलाई प्रशिक्षण दिन अध्यक्ष ओली आज नेपालगञ्ज जाँदै

जनप्रतिनिधीलाई प्रशिक्षण दिन अध्यक्ष ओली आज नेपालगञ्ज जाँदै


काठमाडौं- नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुलाई प्रशिक्षण दिनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज लुम्बिनी प्रदेशको नेपालगञ्ज जाँदै हुनुहुन्छ ।
संघीय साँसद एवं एमाले केन्द्रीय सदस्य दिपा शर्माका अनुसार प्रशिक्षणमा संघीय साँसद,प्रदेशसभा सदस्य,जिल्ला समन्वय समितीका पदाधिकारी र नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखको सहभागिता रहने छ ।


पार्टीको लुम्बिनी प्रदेश संगठन कमिटीले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधीहरुलाई पार्टीको आचार संहिता,निर्वाचनका समयमा गरिएका प्रतिवद्धता,एमाले सरकारले अघि सारेका विकास निर्माण र समाज सुधारका कामहरुको बारेमा जानकारी गराउने तयारी छ । प्रशिक्षण कार्यक्रम आज र भोली गरी दुईदिन सञ्चालन हुने शर्माले केन्द्रीय सदस्य शर्माले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली काठमाडौंबाट विहान साढे १० बजे नेपालगञ्ज प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।