दमक- झापाको दमक स्थित ग्लोबल एकेडेमी कोशी प्रदेशको उत्कृष्ट शैक्षिक संस्थाको रुपमा सम्मानित भएको छ ।
विद्यालयको शैक्षिक ,भौतिक ,प्राविधिक तथा शैक्षिक सत्र २०७९ को एस.ई.ई.र कक्षा १२ को बोर्ड परीक्षाको नतिजाका लगायतका पक्षहरूको सूचकका आधारमा सातै प्रदेशका उत्कृष्ट शैक्षिक सस्था सम्मानका क्रममा कोशी प्रदेश अन्तर्गत झापाको दमकमा रहेको ग्लोबल एजुकेशनल एकेडेमी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा सम्मानित भएको छ ।
चन्द्रलोक प्रतिष्ठानले पर्यटन बोर्डको सभाहलमा आयोजना गरेको एक कार्यक्रमकाबीच उत्कृष्ट घोषणा गर्दै प्रमुख अतिथि शिक्षा विज्ञान तथा राज्यमन्त्री प्रमिला कुमारीले एकेडेमीका प्राचार्य गुणराज अधिकारीलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । उक्त प्रतिष्ठानले विगतका वर्षहरूदेखि उल्लेखित सूचकका आधारमा हरेक प्रदेशबाट उत्कृष्ट शैक्षिक संस्थाहरु छनोट गरी सो सम्मान प्रदान गर्दै आएको छ । साथै यस बर्ष देखि यस एकेडेमीले कक्षा ११ मा स्मार्ट प्रविधिबाट अध्यापन शुरु गरेको छ ।
प्रतिक्रिया