अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकोका किशोर किशोरीको अध्यक्ष ओलीलाई प्रश्न–तपाईँ घण्टौँसम्म कसरी भाषण गर्नुहुन्छ ?    

बालकोका किशोर किशोरीको अध्यक्ष ओलीलाई प्रश्न–तपाईँ घण्टौँसम्म कसरी भाषण गर्नुहुन्छ ?    


काठमाडौँ–पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटका किशोर किशोरीले भेट गरेका छन् । बालकोटका किशोर किशोरीले शुक्रबार साँझ अध्यक्ष ओलीसँग भेटे गरेका हुन् ।

सो अवसरमा किशोर किशोरीले अध्यक्ष ओलीसँग आ–आफ्ना क्षेत्रमा भएका समस्याका बारेमा छलफल गरेका थिए । उनीहरुले अध्यक्ष ओलीको घण्टौँ बोल्न सक्ने खुबी, त्यसको तयारी, असल नेता कसरी छान्ने, सफल व्यक्ति कसरी बन्नेलगायतका जिज्ञासा राखेको बताइएको छ ।  अध्यक्ष ओलीसँग प्रत्यक्ष संवाद गर्न पाएकोमा किशोर किशोरीले खुसी व्यक्त गरे  । 

साँझ ७ देखि १० बजेसम्म भएको भलाकुसारीमा किशोर किशोरीले सोधेको प्रश्नको अध्यक्ष ओलीले  जवाफ दिनुभयो । उहाँले भन्नुभयो, ‘सफल हुने पदले होइन, पद अस्थायी हो, वास्तवमा आफ्नो निम्ति, देशका निम्ति, समाजका निम्ति सफल हुन आफूभित्रको क्षमता प्रदर्शन गर्नुपर्दछ । हरेक मानिसमा क्षमता छ । अध्ययनले आफ्नो जिन्दगी सफल, सरल र सुखमय हुन्छ र अर्को कुरा तिम्रो उपस्थितिले यो समाज, परिवार, देशका लागि फलदायी हुनसक्छ भने तिमी सफल हौँ ।’ 

अध्यक्ष ओलीले अभिभावकतिर लक्षित गर्दै कतिपय अभिभावकले आफ्ना सन्तानलाई बुद्धु, लद्दु, पढ्नै जान्दैन भन्ने जस्ता शब्दको प्रयोगले बालबालिकालाई कमजोर बनाई रहेको बताउनुभयो । उहाँले भन्नुभयो,  ‘कोहीपनि बालबालिका बुद्धु, लद्दु, पढ्नै नजान्ने भन्ने हुँदैन, हरेक व्यक्ति टयालेन्ट छन्, एक से एक छन् । कहाँ टयालेन्ट प्रकट हुन्छ भने, जसको रुचिको विषय मिल्छ त्यो विषय अध्ययन गर्ने त्यसमा तिखार्ने अवसर प्राप्त हुन्छ त्यो टयालेन्ट हुन्छ । जसले विषय मिल्दो पाएन र त्यसमा आफूले अभ्यास गर्ने सिक्ने अवसर पाएन भने त्यो कमजोर हुन्छ । साइन्समा रुचि भएको विद्यार्थीलाई इतिहास पढ्न लगायो भने त्यसको रुचि मिल्दैन त्यसमा प्रगति गर्न सक्दैन । त्यस कारण आफ्नो रुचिको क्षेत्रमा अध्ययन गर्न सक्यो भने व्यक्तिले सफलता हासिल गर्न सक्छ ।’ 

अध्यक्ष ओलीले आफ्नै उदाहरण दिँदै थप भन्नुभयो,‘म सानोमा खुब टयालेन्ट थिए, किनभने मलाई घरमा पनि सबैले यो त टाठोबाठो छ भन्दिने, स्कुलमा पनि साथीभाइले यो त बृलियन्ट छ भन्ने । सरले पनि यसले एकै पटक पढाएपछि बुझ्छ भन्दिने, म्यामले पनि त्यस्तै भन्ने त्यस बेला मेरो नाम धुब्र थियो । धुब्रले एकै पटक पढाउँदा बुझ्छ भनेपछि सर म्यामको त्यो विश्वास तोड्न त भएन ! त्यसलाई कायम राख्न म बहुत मेहनत गर्थे, खुब ध्यान दिएर एकै पटकमा बुझ्ने गरी सुन्थे किनभने मैले बुझिन भने त सरको विश्वास टुटथ्यो ! सरको विश्वास नटुटाउन, बृलियन्ट छु भन्ने देखाउन त्यो हौसलाले गर्दा मैले खुब मेहनत गरेर पढ्थे । जसले गर्दा मलाई सानैदेखि पढाएको ठाउँमा ध्यान दिएर सुन्ने बानीको विकास भयो । त्यही भएर कहिले काहीँ परिवारले यस्ता कुरामा ठुला गल्ती गरिरहेको हुन्छ । यो लददु, बुद्धु, पढ्न जान्दै जान्दैन, यसको स्मरण शक्ति कमजोर छ, सिक्छ यस्ताले ? भन्ने जस्ता अभिव्यक्तिले छोराछोरीलाई नकारात्मक असर गरिरहेको हुन्छ ।’