अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अवैध सुन तस्करी प्रकरण : ठमेलको एक होटेलमा सिलबन्दी

अवैध सुन तस्करी प्रकरण : ठमेलको एक होटेलमा सिलबन्दी


काठमाडौँ-अवैध एक क्विन्टल सुन तस्करी प्रकरणमा ठमेलको एक होटेलमा सिलबन्दी गरिएको छ । राजस्व अनुसन्धान विभागको टोलीले शनिबार राति सिलबन्दी गरेको हो ।

सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा अनुसन्धानका लागि सिलबन्दी गरिएको बताएको छ । गत साउन ३ गते हङकङबाट मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको छ ।

उक्त सुन नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखामा राखिएको छ ।