काठमाडौँ-नेपाल मगर सघं, उदयपुर-काठमाडौं सम्पर्क समिति र सुनौलो उदयपुर मजदुर समूहले दुवै मृगौला पीडित इन्द्रबहादुर मगरलाई आर्थिक सहयोग गरेको छ।
उदयपुरको ताप्ली गाउँपालिका–३ इनामे निवासी वर्ष ३४ को इन्द्रबहादुर मगरको उपचारका लागि उदयपुर-काठमाडौं सम्पर्क समिति र सुनौलो उदयपुर मजदुर समूहको पहलमा आर्थिक संकलन गरी दुवै मृगौला पीडित मगरलाई रु.२९ हजार ७ सय ८० रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।
नेपाल मगर सघं, उदयपुर-काठमाडौं सम्पर्क समितिका अध्यक्ष केशरबहादुर मगर, सुनौलो उदयपुर मजदुर समूहका अध्यक्ष सन्दिप मगर र नेपाल मगर संघ, सम्पर्क समन्वय केन्द्रीय समितिका सदस्य तथा समितिका सल्लाहकार शेरबहादुर मगर सहितको टोलीले साउन १३ गतेका दिन काठमाडौंको नैकापस्थित कोठामै पुगेर मृगौला पीडित मगरलाई आर्थिक सहयोग गरिएको हो। आर्थिक सहयोग हस्तन्तरण गर्नका निम्ति उदयपुर-काठमाडौं सम्पर्क समितिको उपाध्यक्षद्वय अनु मगर, भुवन मगर, सचिव गणेश मिरिङचिङ मगर, सूचना तथा सञ्चार विभागको संयोजक खड्गबहादुर मगर, कोषाध्यक्ष रोज मगर, सह-कोषाध्यक्ष सविन मगर, सदस्य गिता मगर लगायत सहभागी हुनुहुन्थ्यो।
दुवै मृगौला पीडित इन्द्रबहादुर मगरको आर्थिक अवस्था निकै कमजोर भएका कारण उपचारमा समस्या आएकाले परिवारले सहयोग अपिल गरेसँगै सहयोग रकम जुटेको हो।
इन्द्रबहादुर मगरले काठमाडौंको वीर अस्पतालमा उपचार गराइरहनु भएको छ। वैदेशिक रोजगारीको सिलसिलामा कतारमा हुँदा स्वास्थ्य परीक्षणका क्रममा दुबै मृगौला काम नलाग्ने रिपोट आएको मगरले बताउनुभयो। डाक्टरले दुबै मृगौलाले काम नगर्ने भनेपछि उहाँ वैशाखमा नेपाल फर्किएको उहाँले बताउनु भयो।
यतिखेर मगरको स्वास्थ्यमा समस्या बढ्दै गएको छ। साहुबाट लिएको ऋण उपचार गर्दागर्दै सकिएको उहाँकी भाउजु सृजना केप्छाकी मगरले जानकारी दिनुभयो।
हप्तामा दुई पटक मृगौलाको ‘डाइलासिस’ गर्नुपर्ने उहाँकी भाउजुले बताउनु भयो। उहाँले भन्नुभयो, ‘एक पटक डाइलासिस गर्न मात्र ३ देखि ५ हजार खर्च लाग्छ। विदेशबाट फर्किँदाको ऋण पनि तिरेको छैन। अहिले त्यतिकै खर्च लाग्दैछ। मृगौला प्रत्यारोपण गर्न पनि धेरै खर्च लाग्ने रहेछ। अब कसरी उपचार गर्ने भन्ने चिन्ता छ। हाम्रो आर्थिक अवस्था पनि निकै कमजोर आर्थिक छ। त्यसैले अरुसँग सहयोग माग्नु परेको छ। यसरी सहयोग जुट्टै गए देवरको उपचार गर्न सकिन्छ भन्ने आशा छ।’
एउटा मृगौला दिने आफन्तहरू खोजी गरिरहेको उहाँकी भाउजुले बताउनु भयो । उहाँले भन्नुभयो, ‘डाक्टरले सकेसम्म मृगौला प्रत्यारोपणको गर्नका निम्ति चाडो गर्नु भएको छ। सासुआमाले दिने भनेर अस्ति आउनु भएको थियो । उहाँको उमेरको कारणले डाक्टरले दिन नमिल्ने भन्नुभयो। देवरको श्रीमतिले दिनुहुन्छ सल्लाह गरिरहेका छौं ।’
मृगौला प्रत्यारोपण गर्न पनि धेरै खर्च लाग्ने दुवै मृगौला पीडितको भाउजुले बताउनु भयो। प्रत्यारोपन गर्न ६ लाख र औषधि, सर्जिकल सामानलगायत अन्य खर्चका लागि करिब १०–१२ लाख लाग्ने अस्पताललाई उद्धृत गर्दै उहाँले बताउनु भयो। सहयोग जुट्दै गए छिट्टै मृगौला प्रत्यारोपण गरेर बिरामी घर फर्काउने आसा पीडित उहाँले बताउनु भयो।
इन्द्र मगरको उपचार खर्चमा सहयोग गर्न चाहनेहरूले उहाँकी भाउजुको मोबाइल नम्बर ९८६६०४१८९२ मा सम्पर्क गर्नु सक्नुहुने छ।
प्रतिक्रिया