अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी जिल्लाका नदीमा जलसतह बढ्ने, सतर्कता अपनाउन आग्रह 

आज यी जिल्लाका नदीमा जलसतह बढ्ने, सतर्कता अपनाउन आग्रह 


काठमाडौँ-आज पाँच प्रदेशमा भारी वर्षा भइरहेको छ । वर्षाका कारण आज केही प्रमुख नदी र तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार तमोर, अरुण, सुनकोशी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कन्काई, कमला र बाग्मती नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यस्तै अन्य साना ठूला नदीहरूमा पनि जलसतह सामान्य बढ्ने पूर्वानुमान छ।

यस्तै १६ जिल्ला आसपास भई बहने नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

इलाम, झापा, पाँचथर, सिन्धुली, बारा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, नवरलपरासी पूर्व पश्चिम,  लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढेर आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।

यस्तै ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, धनकुटा, उदयपुर, सुनसरी, मोरङ, पर्सा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रुपन्देही, कपिलवस्तु, पाल्पा, बाँके, बर्दिया, दाङ, रुकुम पूर्व, रोल्पा, कैलाली, अछाम, दार्चुला, बझाङ, बैतडी, डडेलधुरा र आसपास भई बहने स-साना नदीहरूको बहाव बढ्न सक्ने पूर्वानुमान छ ।

महाशाखाले उल्लेख्य बढ्ने साना ठूला नदीहरूको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।