अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज चार वटा संसदीय समितिको बैठक बस्दै

आज चार वटा संसदीय समितिको बैठक बस्दै


काठमाडौँ-आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बस्दैछ भने महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ बजे नै बस्दैछ । 

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे र सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे बस्दैछ । 

जसमा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा राष्ट्रिय सुरक्षाको अवधारणा, सिद्धान्त, अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासको तुलनात्मक अध्ययन, प्रमुख सवाल, समस्या तथा सुधारका उपाय लगायतका विषय र परराष्ट्र सम्बन्धको अवधारणा, सिद्धान्त, अवस्था, प्रमुख सवाल, समस्या तथा सुधारका उपाय लगायतका विषयमा छलफल हुने भने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समाज कल्याण परिषद्को प्रस्तुति र छलफल सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा विज्ञहरूसँग छलफल हुनेछ भने सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिले पेश गरेको समितिको आन्तरिक कार्यविधिका बारेमा छलफल हुनेछ ।