अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ड्यामसाइडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

ड्यामसाइडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध


पाल्पा–तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध  भएको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाले गएरातिदेखि खसेको पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् ।

माथिबाट ठूलो ढुङ्गासहित अझै पहिरो खस्ने खतरा रहेको जनाइएको छ । बेला–बेलामा पाल्पा–बुटवल सडकको सिद्धबाबा क्षेत्रमा पहिरो खसेर समस्या भइरहेको छ । सडकमाथिबाट चट्टानसहितको पहिरो खसेर वर्षायाम मात्र नभई अन्य समय पनि यात्रा गर्ने यात्रु तथा सवारीसाधनले सास्ती भोग्नुपरिरहेको छ ।