अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौं-प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच दुई घण्टा कुराकानी भएको हो।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली आज बिहान बालुवाटार पुग्नु भएको थियो।

विशेष गरी समसामयिक राजनीतिक परिस्थिति, संवैधानिक परिषद्को बैठक बोलाउनेबारे छलफल, प्रधानन्यायाधीश सिफारिसलगायतका विषयमा छलफल केन्द्रित भएको जनाइएको छ।

भेटवार्ताको क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को बैठक संविधान बमोजिम एक महिनाअघि नै किन बैठक राखिएन भनेर भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको थियो ।

कोशी प्रदेशमा नयाँ सरकार गठनको र सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको तयारी भइरहेको बेला एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।