काठमाडौँ-काठमाडौँको ठमेलस्थित होटल भियानामा राजस्व अनुसन्धान विभागले छापा मारेको छ। विमानस्थलबाट बाहिरिएको करिब एक सय किलो सुनसँग सम्बन्धित एकजना व्यक्ति त्यहाँ बसेको सुराक पाएपछि छापा मारिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताउनु भयो ।
हङकङबाट ‘रेडी ट्रेड प्रालि’ले मगाएको सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेर अनुसन्धान गरिरहेको छ। ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर सुन काठमाडौँ ल्याएको थियो ।
सो प्रकरणमा हालसम्म चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् ।
प्रतिक्रिया