काठमाडौँ-एक सय क्विन्टल सुन तस्करी प्रक्ररणमा राजस्व अनुसन्धान विभागले थप एक जनालाई पक्राउ गरेको छ।
ठमेलको होटल भियनाका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको विभागले बतायो। सो होटलका सञ्चालक छिरिङलाई आइतबार बिहान विभागले पक्राउ गरेको हो। सो होटल उहाँकी श्रीमतीको नाममा छ।
होटल भियना होटललाई प्रयोग गरेर सुन तस्करी गर्ने गिरोहले काठमाडौंमा काम गरिरहेको सूचना पाएपछि राजस्व अनुसन्धान विभागले छापा मारेको थियो । त्यस क्रममा छिरिङलाई विभागले पक्राउ पनि गरेको छ।
उनी बेल्जियमका नागरिक रहेको खुलेको छ। तर, नेपालबाट बेल्जियम पुगेर उनले त्यहीँको पासपोर्ट बनाई भिजिट भिषामा नेपाल आएको अनुन्धान गरिरहेका राजस्व विभागका एक अधिकृतले जानकारी दिनु भयो।
प्रतिक्रिया